विराटनगरमा आफ्नै आमाले छोरालाई यातना दिएपछि… विद्यालयले प्रशासन गुहार्यो

विराटनगरमा आफ्नै आमाले छोरालाई यातना दिएपछि… विद्यालयले प्रशासन गुहार्यो

विराटनगर १४ चैत ।
आफ्नै कोखबाट जन्माएको शिशु हुर्काएर ठुलो हुँदैछ । नाबालक छोरालाई हरेक दिन ति आमाले बिभिन्न बहानामा यातना दिएकी हुन्छिन् । आफ्नै नाबालक छोरालाइ पटक पटक मरडासन्न हुने गरि कुटपिट तथा तातो आइरनले पोल्ने यस्तो ब्यवहार सँधै नै चलिरह्यो । यो क्रम एकदिन दुई दिन हैन सँधै नै समस्याको रुपमा आउन थालेपछि बिद्यालयलाई पनि यो बिषय टाउको दुखाई बन्यो । यस्तो क्रुरता देखेर विद्यालयका शिक्षिक शिक्षिक मात्र हैन उनका छरछिमेकी पनि आजित थिए । मंगलवार पनि त्यही घटना दोहोरियो ।
अन्नपुर्ण बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ति बालक सधैजसो विद्यालय ढिलो गरी आउने गदर्थे । मंगलवार पनि ढिलै बिद्यालय आए । विद्यालयका शिक्षिकाले विद्यालय ढिला आउनुको कारण सोधिखोजी गरिन् । बालकले आफ्ना शरीरको आलो घाउ देखाएपछि शिक्षक शिक्षिकाहरु छक्क परे । पटक–पटक बिद्यालयले बालककी आमालाइ बच्चा नकुट्न आग्रह गर्दा पनि कहिल्यै मानिनन् ।

आफ्नै आमाले शारिरिक यातना दिएपछि विराटनगर महानगरपालिका वडा नम्बर ३ की सरला काफ्ले बिरुद्ध बिद्यालय नै जिल्ला प्रशासन कार्यालयमा जाने निक्र्यौलमा पुग्यो । विराटनगर स्थित अन्नपुर्ण बोर्डिङ स्कुलमा अध्ययनरत बालकलाइ आफ्नी आमाले पटक पटक शारिरिक यातना दिएपछि विद्यालयले प्रशासनसंग गुहार मागेको सायद यो पहिलो घटना हो ।तातो आइरनले पोलेको घाउ बच्चा स्वयम्ले देखाएपछि आफुहरु सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाइ खबर गरेको विद्यालयका प्रिन्सीपल अमिस रेग्मीले बताए ।
गाउँका छिमेकीले बच्चालाइ नकुट्न आग्रह गर्दा पनि ति आमाले थप यातना दिईन् । श्रीमान श्रीमतीको आपसी झगडाका कारण सरलाले बच्चालाइ सधै यातना दिने गरेको छिमेकी सीता अर्यालले जानकारी दिईन् । काठमाण्डौमा बस्ने गरेका सरलाका श्रीमान विक्रम काफ्लेलाइ विद्यालयले बोलाएर बच्चाको अवस्थाको बारे जानकारी गराउँदा उनले पटक पटक आफ्नो छोरालाइ यातना दिनेगरेको आफुले पनि सुनेको बताए ।तर आफ्नै श्रीमतीले यसरी सानो बच्चालार्ई कुट्दा बाबु चै किन चुप लागेर बसेत त भन्ने जिज्ञासामा उनले भने, ‘बुढा भएका बाबु आमालाई पनि सरलाले यातना दिएपछि काठमाण्डौ लगेँ, छोरो सँगै थियो यस्तो भएछ ।’
आफ्ना आमा बुबालाइ पनि यातना दिने, झैझगडा गर्ने गरेका कारण आफुहरु छुट्टै बस्न थालेको र सम्बन्ध विच्छेदकालागि मुद्धा समेत हालेको उनले बताए । अदालतमा १८ गते तारिख रहेको बताउँदै उनले त्यतिञ्जेल बच्चा आफैलाइ दिन प्रहरीलाइ अनुरोध समेत गरे । जिल्ला प्रहरी कार्यालय मोरङले बालकलाइ उनको पिताको जिम्मा लगाएको छ । छोरालाई मरणासन्न हुने गरी कुट्ने आमाल सरलालाई हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्