उदयपुरमा ट्याङ्कर दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भिर

उदयपुरमा ट्याङ्कर दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भिर

विराटनगर, १४ चैत ।
उदयपुरमा भएको ट्याङ्कर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । घुर्मी–कटारी सडक खण्डको कटारी नगरपालिका–११ गहुबारीमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो भने तीनजनाको अबस्था गम्भीर छ । आज विहान ३ वजेतिर कटारीबाट घुर्मी तर्फ जादै गरेको ना ६ ख ३२३१ नम्बरको ट्याङकर अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको थियो। दुर्घटनामा ट्याङकरका चालक बाराको अम्लेखगंज–४ बस्ने अन्दाजी २३ बर्षिय पूर्ण प्रसाद खनाल र मकवानपुरको नामाटार बस्ने ३१ बर्षिय सरोज मोक्तानको ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा भक्तपुरका २४ बर्षिय सुवास तामाङ, बारा निजगढका १७ बर्षिय अभिषेक श्रेष्ठ र दोलखाको चरिकोट बस्ने २५ बर्षिय सुजन गोले गम्भिर घाईते भएका छन्। उनीहरुलाई उपचारकोलागी काठ्मान्डौ पठाएको इलाका प्रहरी कार्यालय कटारीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्