अमेरिकन फर्म्याटमा विराटनगर मै किन्डरपिल्लर मन्टेशवरी खुल्ने

अमेरिकन फर्म्याटमा विराटनगर मै किन्डरपिल्लर मन्टेशवरी खुल्ने

विराटनगर १३ चैत । खेलकूद र घरेलु वातावरणमा वालवालिकालाई शिक्षा दिने उद्देश्यका साथ विराटनगरमा किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) संचालनमा आउने भएको छ।

किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) ले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी अमेरिकी तरिकामा आगामी वैशाख देखि प्ले ग्रुपदेखि सिनियर केजी कक्षा सम्मको अध्ययन सो मेन्टेशवरीमा हुने जानकारी गराएको छ ।

[caption id="attachment_50720" align="alignnone" width="1280"] तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption]

निर्देशक श्रुति शर्मा, रोहित शर्मा , अनिता देव र निशा श्रेष्ठ संचालक हुने शिक्षालयमा वालवालिकालाई उचित सुरक्षाको प्रवन्धका साथै पौष्टिक खाद्य पदार्थ खुवाउने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
दक्ष र तालीम प्राप्त शिक्षिकाद्धारा अध्यापन गराइने उक्त शिक्षालयमा प्रत्येक कक्षमा १५ जना वालवालिकाको पठनपाठन हुने व्यवस्था गरिएको छ।
मुलुकभरी यस प्रकारको छ वटा शिक्षालय संचालनमा आएको र अध्ययनका लागि न्यूनतम रु ५ हजार शुल्क लाग्ने पत्रकार सम्मेलनमा शिक्षालयकी निर्देशक श्रुति शर्माले जानकारी दिनुभयो । यसको नेपालको विभिन्न शहरहरुमा रहेको छ । इटहरीमा २ बर्ष सफलता पुर्वक संचालन गरेपछि अहिले बिराटनगरमा शाखा खुलिएको शर्माले जानकारी दिईन । यस स्कुलको मुख्य कार्यालय भारतमा रहेको र अमेरिकी प्रोफेसर एलिन बोथ स्कुलको मेन्टर रहेको पनि शर्माले   जानकारी  दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्