एसईई परीक्षार्थीको हत्यामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

एसईई परीक्षार्थीको हत्यामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ की एसईई परीक्षार्थी गौरीकला रोकायलिएको छ ।

प्रहरीले हत्याको आरेपमा ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । गौरीकला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मृतक छात्रा सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटे सालकोटमा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्