डिपिएल : बिराटनगर किंग्सबाट २ बिदेशी खेलाडी खेल्ने

डिपिएल : बिराटनगर किंग्सबाट २ बिदेशी खेलाडी खेल्ने

बिराटनगर चैत्र १४ , धनगढी प्रिमियर लिग(डीपीएल)–२ टोली बिराटनगर किंग्सले दुई जना विदेशी खेलाडी टिममा  अनुबन्धित गरेको  छ। बिराटनगरले हंगकंगका कप्तान बबर ह्यात र भारतीय खेलाडी शुभम कामतलाइ टिममा सामेल गरेको हो ।

बिराटनगर किंग्सको कप्तानी नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले गर्दैछन भने बिराटनगको मुख्य प्रशिक्षक महेश रिजाल रहेको टिमका मालिक पारस लुनियाले आवर बिराटनगरलाइ बताए । टिममा बिराटनगरका २ खेलाडी फिर्दोश अन्सारी र मन्जित श्रेष्ठ रहेका छन्  ।

डीपीएल–२ का प्रत्येक टोलीमा ११ जना अक्सनबाट अनुबन्ध खेलाडी, १–१ जना रणनैतिक खेलाडी र ट्यालेन्ट हन्टका खेलाडी तथा दुई जना विदेशी खेलाडी रहने व्यवस्था छ। प्रतियोगिता चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुँदैछ।

यस्तो छ बिराटनगर किंग्सको टिम : 

पारस खड्का (कप्तान) , फिर्दोश अन्सारी, मन्जित श्रेष्ठ, बबर ह्यात, शुभम कामत , बसन्त रेग्मी , पृथु बास्कोटा , सुबोध एर. पवन सारफ , राम नरेश गिरी , सौरब खनाल , पुरन बिक , अभिनास बोहरा , दिलिप नाथ , अनिल कुमार शाह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्