काठमाडौं, १४ चैत । जबरजस्ती यौन कार्यमा लगाउने काठमाडौंको गोंगबुका पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले महिलालाई सरसफाइको काम दिन्छु भनेर होटलमा बोलाइ जबरजस्ती यौन धन्दा लगाउने र त्यसो गर्न नमानेमा कुटपिट गर्ने, खान नदिने र बाहिर निस्कन नदिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुले अरु होटलमा पनि महिलालाई यौन धन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ ।