विराटनगरमा गच्छदारको प्रतिक्रिया ‘ ईयुको प्रतिवेदन सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप’

विराटनगरमा गच्छदारको प्रतिक्रिया ‘ ईयुको प्रतिवेदन सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप’

विराटनगर, १४ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको प्रतिवेदनले सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । नेपाली जनताले वनाएको सार्वभौम संविधानबारे टिका टिप्पणी गर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको उहाँले बताउनु भयो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता गच्छदारले नेपालको संविधानले दिएको आरक्षणका विषयमा के सही के गतल भनेर बोल्ने अधिकार युरेपेली संघलाई नभएको उल्लेख गनुभयो । कांंग्रेस नेता गच्छदारले वर्तमान सरकारकोे काम कारबाहीका विषयमा टिका टिप्पणी गर्न नहुने बताउँदै एक सय दिन पुरा नभएको अवस्थामा अहिले नै सरकारको काम कार्वाहीलाई लिएर टिप्पणीको औचिन्त्य नभएको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्