एक नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने, पुस्तक अभाव गरिए कार्वाही हुन्छ (भिडियो सहित)

एक नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने, पुस्तक अभाव गरिए कार्वाही हुन्छ (भिडियो सहित)

सुमन सुस्केरा, विराटनगर १४ चैत ।
जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याई सकेको दाबी गरेको छ । केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो बर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिनुभयो । उहाँले यो बर्ष पाठ्य पुस्तक अभाव हुन नदिनको लागि जनक शिक्षा सामाग्री केन्द्रले आफ्नो कामलाई तिब्र पारेको बताउनुभयो । बैशाख ७ गते सम्ममा सबै बिद्यालयहरुमा पुस्तक पु¥याउने गरी काम भईरहेको चिमरियाले जानकारी दिनुभयो । १ नम्बर प्रदेशका जिल्लाहरुमा २५ लाख ६८ हजार पुस्तक आबस्यक रहेकोमा २१ लाख ६ हजार ८ सय ६२ पुस्तक आईसकेको र अधिकांश पुस्तक वितरण भईरहेको चिमरियाको भनाई छ । मागको आधारमा जनक शिक्षा सामाग्री केन्द्र मार्फत डिलरहरुमा जानु पर्ने पुस्तकमा अब ४ लाख ६१ हजार ५ सय ८८ पुस्तक आबस्यक रहेको छ । पहाडी जिल्लामा पठाईएका पुस्तकमा सेटमा एउटा पुस्तक कमी नभएको चिमोरीयाको दावी छ ।
अतिरिक्त गणित आएन
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वको अनुगमन टोलीले पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको थियो । अनुगमनको क्रममा जनक शिक्षा सामाग्री केन्द्रले बितरण गर्नु पर्ने पुस्तकहरु मध्य अतिरिक्त गणित बिषयमा समस्या देखिएको छ । कक्षा १० को अतिरिक्त गणितको कुनैपनि पुस्तक प्राप्त नभएको चिमरियाले बताउनुभयो । एक हजार पुस्तक आबस्यक रहेकोमा कुनैपनि पुस्तक नआएकोले चाँडै आउने स्पष्ट पार्नुभयो ।
कक्षा ७ को गणित नपाएको गुनासो
ईलामबाट पुस्तक लिनको लागि आउनु भएका जनता माबि चुलाचुलीका प्रधानाध्यापक हरि ढकालले जनक शिक्षा सामाग्री केन्द्रमा कक्षा ७ को गणित बिषय नपाएको गुनासो गर्नुभयो । पुस्तकको पैसा तिर्नको लागि आउनु भएका उहाँले पैसा तिरेपनि गणित बिषयको पुस्तक भने नपाईएको बताउनुभयो ।
१ देखि ५ कक्षासम्म समस्या छैन ।
पुस्तकको अभाव हुन नदिनकोलागि १ नम्बर सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पनि पुस्तकको अबस्थाको बारेमा जानकारी लिएको छ । कक्षा १ देखि ५ सम्मको जिम्मेवारी पाएको नीजि मुद्रण कम्पनीहरुले १४ वटै जिल्लामा पुस्तक पुगि सकेको जनाएको हो । फ्ल्यास रिपोर्टका आधारमा सबै पुस्तक नजाने भएकोले ४० प्रतिशत मात्र पुस्तक बिद्यालयले लग्ने अन्य पुस्तक नजाने गरेको नेपाल मुद्रण ब्यवसायी संघले जनाएको छ। संघका मोरङ अध्यक्ष लभकुमार घिमिरेले एकलाख २७ हजार ८ सय पुस्तक फ्ल्यास रिपोर्टमा माग भएपनि ११ हजार ७ सय १० सेट पुस्तक मात्र बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार, ‘अहिलेसम्मको अबस्थालाई हेर्दा फ्लास रिपोर्टको आधारमा कुनैपनि बिद्यालयले शत्प्रतिशत पुस्तक लग्दैनन् ।’ मागको आधारमा करिब ४० प्रतिशत मात्र पुस्तक सम्बन्धित बिद्यालयहरुमा पुग्ने गरेका छन् । अहिले पुस्तक छपाईको काम नीजि प्रकाशन गृहहरुले अधिकांश सिध्याएको जानकारी दिईएको छ । पर्याप्त पुस्तक छपाई भएकोले पुस्तक अभाव हुनै नसक्ने घिमिरेको दाबी छ ।
पुस्तक अभाव गरिए कार्वाही हुन्छ

https://www.youtube.com/watch?v=tDsObsVZyY0

सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक बर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिनको मन्त्रालय स्तरबाट पहल शुरु भएको जानकारी दिनुभयो । ‘गत बर्षको जस्तो समस्या आउने अबस्था छैन, उहाँले भन्नुभयो, यदी नीजी क्षेत्रका मुद्रण ब्यवसायिले अभाव गराउने उदेश्य राख्छन् भने उनीहरुको लाईसेन्सको बिषयमा सोच्नुपर्छ ।’ मन्त्री घिमिरेले नीजी तथा जनकशिक्षा सामाग्री केन्द्र सबैले पुस्तकको अभाव हुन नदिने भन्दै प्रतिबद्धता जनाएकोले यदी कसैले पुस्तक हुँदाहुँदैपनि पुस्तक छैन भन्छ भने कार्वाहीको दायरामा आउने चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्