प्रदेश संसदमा आर्थिक विधेयक पेश, प्रदेश सभामा संसदले मुख खोले

प्रदेश संसदमा आर्थिक विधेयक पेश, प्रदेश सभामा संसदले मुख खोले

विराटनगर, १४ चैत ।
१ नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बसेको प्रदेश संसदमा आर्थिक विधेयक पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राखेको विधेयकको विषयमा आजै सामान्य सैद्धान्तिक छलफल भएको छ । छलफलमा बोल्दै सांसदहरु ज्ञानेश्वर राजवंशी, अम्बिका थापा, लिलाबल्लभ अधिकारीले केही प्राविधिक त्रुटी देखिएको औल्याए । तर सैद्धान्तिक हिसावले विधेयक सकारात्मक रहेको बताएका छन् ।
सांसदहरु शिवनारायण गनगाईं, नवोदिता चौधरी र मोहन कुमार खड्काले भने केही विषयमा टिप्पणी समेत गरेका छन्। सांसद शिवनारायण गनगाईंले विधेयकको दफावार छलफलपछि मात्रै पारित गर्नसकिने बताउनु भयो । यस्तै सांसद नवोदिता चौधरीले धारा ४८ को दफा ४ मा उल्लेखित ऐन बमोजिम हिसाव बुझ बुझारत नगर्ने अधिकृतलाई ५ सय जरिमाना गर्ने विषयले भ्रष्टाचारलाई प्रश्रय दिनसक्ने बताउनु भयो । यस्तै सांसद मोहनकुमार खड्काले विधेयकको परिच्छेद ५ को दफा ६ मा उल्लेखित श्रेष्ता कायम गर्ने समय १ महिना दिने उल्लेख भए पनि त्यसलाई घटाउनु पर्ने बताउनु भयो । संसदमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै मन्त्री इन्द्र आङ्बोले प्राविधिक विषयको हलक गरिने बताउनु भयो ।
शुन्य समयको प्रयोग
आर्थिक विधेयक पेश गर्नुअघि संसद वैठकको शूल्य समय लिएर बोल्दै केही सांसदहरुले समय लिएर बोलेका थिए । मोरङ क्षेत्र नम्बर ३ (१) का सांसद सूयर्माराज राईले आफ्नो क्षेत्रमा भएको सुकुमबासी समस्या हल गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । यस्तै मोरङ क्षेत्र नम्बर ३ (२) का सांसद राजकुमार ओझाले पूर्वाञ्चल विश्वविद्यालय रहेको स्थान गोठगाउँमा प्रदेशको राजधानी सार्न माग गर्नुभयो । सांसद उमिता बराइलीले बोक्सीको आरोपमा कुटपीट गर्ने र बलात्कारका घटना रोक्न माग गर्नुभयो । सांसद प्रताप प्रकाश हाङगामले ग्रामीण क्षेत्रको विकास निर्माणमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउनु भयो । अर्को बैठक चैत १७ गते बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्