विराटनगरमा जारी एनएमसिएल क्रिकेटमा भोलीदेखि सेमी फाईलनका खेल हुने

विराटनगरमा जारी एनएमसिएल  क्रिकेटमा भोलीदेखि सेमी फाईलनका खेल हुने

विराटनगर, १४ चैत ।
राष्ट्रिय माडवारी क्रिकेट प्रतियोगिता (एनएमसीएल) को तेश्रो संस्करणमा भोली देखि सेमीफाईलन खेलहरु हुने भएका छन् । आज भएको पहिलो खेलमा विराटनगर च्यालेन्जर्सले भद्रपुर ११ लाई ६५ रानले हराएको छ । विराटनगर च्यालेन्जर्सले १ सय ५५ रनको लक्ष्य दिएकोमा भद्रपुर ११ ले ९० रनमा मात्र बनाउँदै अलआउट भयो ।
आज भएको दोश्रो खेलमा महालक्ष्मी रोयल्स विराटनगर र युथ ११ बिचको खेलमा महालक्ष्मी रोयल्स विजयी भएको छ । १ सय ६५ रनको लक्ष्य दिएको महालक्ष्मी रोयल्सलाई पछ्याएको युथ ११ विराटनगरले १ सय ५४ रन मात्र बनाउन सक्यो । जम्मा ११ रनबाट आउट भएको युथ ११ को लागि सेमिफाईलन यात्रामा धक्का लागेको हो । दोश्रो खेलको म्यान अफ द म्याच पारस लोनिया भएका छन् । उनले ५१ रनमा २ विकेट लिए ।
भोलीको सेमी फाईलन महालक्ष्मी रोयल्स र बिराटनगर च्यालेन्जर्स बिच दिउँसो १ बजे बिराटनगर जुटमिलमा हुने आयोजक समितिका संजक सन्दीप लालवानीले जानकारी दिए । प्रतियोगिताको सेमीफाईलन चरणका खेलहरु विराटनगर र भैरहवामा एकसाथ भईरहेको छ भने फाईलन खेल काठमाण्डौ किर्तिपुर खेल मैदानमा चैत १८ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्