कार्यालयमै रक्सीले मस्त वडाध्यक्षलाई स्थानीयले प्रहरीलाई बुझाए

कार्यालयमै रक्सीले मस्त वडाध्यक्षलाई स्थानीयले प्रहरीलाई बुझाए

झापा, १४ चैत ।  कार्यालयमै रक्सी पिएको आरोपमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक न्यौपाने बुधबार पक्राउ परेका छन् । अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । पटक–पटक रक्सी पिएर कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई बुधबार दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले रक्सी पिएको पुष्टि भएको थियो । न्यौपाने नेकपा एमालेका तर्फबाट उम्मेदवार भै वडाध्यक्षमा निर्वाचित भएका थिए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्