सरकारद्वारा सार्वजनिक बिदामा २२ दिन कटौती

सरकारद्वारा सार्वजनिक बिदामा २२ दिन कटौती

काठमाडौँ — सरकारले सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो वर्षका २२ दिन बिदा कटौती गर्ने निर्णय गरेको हो ।सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार अब २०७५ सालमा ८९ दिन सार्वजनिक विदा हुने छ । यसमध्ये ६७ दिन सबैका लागि लागू हुने र २२ दिन विशेष धर्म, जात, क्षेत्र तथा सम्प्रदायका लागि हुने मन्त्री बास्कोटाले बताए ।

सरकारले २०७४ सालका १०४ वटा विदामध्ये १२ विदालाई पूर्ण रुपमा कटौती गरेको छ भने १० वटालाई आंशिक बनाएको छ । यसअघि धेरै सार्वजनिक बिदा हुने हुँदा सरकारी  सेवा प्रवाहमा समस्या भएको भन्दै बिदा कटौती गरिनुपर्ने  आवाज उठ्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्