काठमाडौं,१५ चैत । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।
यसमा श्रेाणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।२५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।
यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् । ७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० पुग्छ । बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी २०७४ पास भएको छ ।