एमाले र माओवादी एकता पछिको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने

<span class='c1'>एमाले र माओवादी एकता पछिको केन्द्रीय</span> <span class='c2'>समिति २ सय ९९ सदस्यीय हुने</span>

काठमाडौँ, १५ चैत । एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने गरी सांगठनिक स्वरूप बनाउने सहमति जुटेको छ ।पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय हुनेछ । पार्टीमा पदाधिकारी रहने छैनन् । अध्यक्ष भने दुईजना हुनेछन् । संगठनको स्वरूप तयार गर्न गठित कार्यदलले प्रतिवेदन तयार गरेको छ । चाँडै वाम एकता संयोजन समितिमा बुझाउने तयारी भइरहेको कार्यदलका सदस्य एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । हाल एमालेको केन्द्रीय कमिटी १ सय ९८ सदस्यीय छ । निर्वाचन, लेखापरीक्षण, अनुशासन आयोग र राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष गरी अन्य चार जना केन्द्रीय कमिटीका पदेन सदस्य पनि छन् । माओवादीमा भने केन्द्रीय कमिटीको संख्या कति हो, अहिले यकिन छैन । महाधिवेशन आयोजक समितिका रूपमा यसअघि झन्डै ४ हजार जनालाई समेटिएको थियो । एकीकृत पार्टीमा दुवै दलबाट समेटेर २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाइनेछ । त्यो मापदण्डअनुसार एमालेको हाल केन्द्रीय कमिटीमा रहेको करिब सबै नेता पर्ने सम्भावना छ । यद्यपि को–को पर्ने भन्ने निर्णय पछि पार्टीले गर्नेछ । कम्युनिस्ट पार्टीमा संलग्न रहेको अवधि, कार्यक्षमता र योगदानलगायत विषयहरूलाई हेरेर दुवै पार्टीबाट केन्द्रीय कमिटीमा रहने व्यक्ति छनोट हुनेछ । व्यक्तिको विषय एकता संयोजन समितिबाटै थप निर्णय हुनेछ ।

केन्द्रीय कमिटीबाहेक राज्यको संरचनाअनुसारकै अन्य पार्टी कमिटीहरू रहने सहमति भएको छ । केन्द्रीय कमिटीपछि राष्ट्रिय परिषद् हुनेछ । त्यसबाहेक प्रदेश कमिटी, जिल्ला कमिटी, नगर/गाउँ कमिटी, निर्वाचन क्षेत्र कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरू रहनेछन् । प्रदेश कमिटी बढीमा १ सय ५१ सदस्यीयसम्म बनाउने उल्लेख छ । पार्टीमा तीन खालका सदस्यहरू रहने सहमति भएको छ । पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्य रहनेछन् ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्