कटहरीमा मजदुर एक हुने

<span class='c1'>कटहरीमा मजदुर</span> <span class='c2'>एक हुने</span>

विराटनगर, १५ चैत ।
मजदुरहरुको हकअधिकार स्थापित गर्न सबै एक भएर अगाडि बढ्नुपर्नेमा मोरङको कटहरीमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङको छैटौं अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले ट्रेड युनियन कांग्रेसले लोकतन्त्र संस्थागत गर्न कुनै कसर बाँकी नराखेको भन्दै मजदुर वर्गको उत्थान नभएसम्म देश विकासको गतिमा अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले अहिलेको संविधानले श्रमिकका धेरै हकअधिकार सुनिश्चित गरेको भन्दै कार्यान्वयनको पक्षमा लाग्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै मजदुर नेता पुष्कर आचार्यले मजदुरहरुको हक अधिकार स्थापित गर्न मजदुरका हकअधिकार विरुद्धमा जोकोही जान्छ भने त्यसका विरुद्धमा सम्पूर्ण मजदुरहरु एक भएर अगाडि बढ्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेस सहकोषाध्यक्ष जनार्दन निरौलाले मजदुरका जीवनस्तर उठाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । २०६८ सालको जनगणना अनुसार नेपालमा १ करोड १४ लाख मजदुर रहेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी सुशील कोइरालाको अध्यक्षतामा २१ नयाँ कार्य समिति छनौट भएको छ । उपाध्यक्षमा खुल्लातर्फ पुजन ढकाल, महिलातर्फ प्रमिला थापा, अनौपचारिक क्षेत्र उपाध्यक्ष वसन्त काफ्ले, उत्पादनतर्फ तारानाथ तिम्सिना, सेवातर्फ चक्रप्रसाद पोखरेल छनौट भएका छन् । यस्तै सचिवमा सिद्धुलाल राजवंशी, सहसचिव मदनकुमार बराल, कन्हैया साह, कोषाध्यक्षमा केशवबहादुर बस्नेत, सहकोषध्यक्षमा नितु बस्नेत छनौट भएको नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर १ का सचिव डिक घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्