स्थानीय तहलाई १५ दिन भित्र खर्च विवरण पेश गर्न निर्देशन

स्थानीय तहलाई १५ दिन भित्र खर्च विवरण पेश गर्न निर्देशन

सुनसरी, १५ चैत ।
गएको साउनको बाढीताकाको खर्च विवरण फछ्यौट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहलाई बढीमा १५ दिनभित्र विवरण बुझाउन भनेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले त्यस्तो बताउनुभएको हो । लामो समयसम्म पनि विवरण फछ्यौट नगरिएको भन्दै प्रजिअ पराजुलीले १२ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई १५ दिनभित्र सबै विवरण दुरुस्त पारी प्रशासनमा जानकारी गराउन भन्नुभएको हो । केन्द्रबाट आफुकहाँ स्पस्ट आदेश आएको बताउनुहुँदै प्रजिअ पराजुलीले तोकिएको समयसीमाभित्र सम्पूर्ण खर्च विवरण फछ्र्यौट नगरे सम्बन्धित तहका प्रमुखसहित प्रशासकीय अधिकृतका नामको विवरण केन्द्रीय सरकारसमक्ष पठाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्