एक नम्बर प्रदेशलाई किराँत प्रदेशको मागराख्दै २५ लाख हस्ताक्षर सभामुख र मुख्यमन्त्रीलाई (फोटो फिचर)

एक नम्बर प्रदेशलाई किराँत प्रदेशको मागराख्दै २५ लाख हस्ताक्षर सभामुख र  मुख्यमन्त्रीलाई (फोटो फिचर)

प्रेम देवान , विराटनगर, १५ चैत ।

१ नम्बर प्रदेश ऐतिहासिकको आधारमा नाम किरात प्रदेश घोषणगर्नु पर्ने भन्दै २५ लाख हस्ताक्षर एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा सभामुखलाई बुझाएका छन् । प्रदेश नम्बर १ मा आदिम कालदेखि किरातीहरुले खनेर खोस्रेर आवाद गरेको जन्मभुमीलाई किरात प्रदेश नामाकरण गर्नु पर्ने भन्दै बिहीबार प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई हस्ताक्षरसहित ज्ञापन पत्र बुझाईएको छ । किरात राईहरुको साझा संस्था किरात राई यायोक्खाको पहलमा संकलन गरिएको मुलुक भरबाट २५ लाख हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो । किरात राई यायोक्खाको अगुवाईमा संसद सचिवालय विराटनगरमा सभामुख र मुख्यमन्त्रीलाई संयुक्त रुपमा हस्ताक्षर बुझाइएको  छ ।उनीहरुले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नु पर्ने माग राख्दै संसद भवन घेराउ गरे । प्रदेशका मुख्यमन्त्री  राई तथा सभामुख भण्डारीलाई भेटेर प्रदेश नामको बिषयमा ध्यानाकर्षण गराए । सुनसरी, मोरङ, झापा, धनकुटा, ईलाम लगायतका जिल्लाहरुबाट आएका किराँत समुदायले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश हुनै पर्ने माग राखेका छन् । किराँत राई यायोक्खा केन्द्रिय समितिको आब्हानमा किराँत समुदायका १६ जातीका किराँतीहरुले संसद भवन घेराउ गर्दै प्रदेशको नाम किराँत प्रदेश राख्न माग गरेका हन् । किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले  आन्दोलन  प्रतिफलको  बेलामा प्रदेश सरकारको ध्यानकर्षण गराईएको जानकारी दिए । उनले भने, ‘हामी किराँत जाती वा संस्कृती नभएर भुगोल भएकोले यस भित्र रहेका सबै जातजातीले किराँत प्रदेशलाई स्वीकार गर्छन् ।’

बाजागाजा सहित आएका किराँतीहरुले सबै किराँती एक हौ भन्दै नारा लगाए । संविधानले जुन अधिकार दिएको छ त्यो अधिकारको सदुपयोग गर्दै सभ्यता, संस्कृती, एकता र पहिचानको लागि यो मागमा राखिएको उनको भनाई छ ।
पहिला पनि ओल्लो किराँत पल्लो किराँतको नाम रहेको दावी गर्दै अबको अबस्थामा पनि किराँत प्रदेशलाई सबै जानजातीले स्वीकार गर्ने गरी किराँत राज्यको रुपमा स्थापित गर्नु पर्ने माग सहित आएको सुनुवार सेवा समाज सुनसरीकी अध्यक्ष एसा सुनुवारले बताईन् । 
राई यायोक्सका महासचिव जीवन हाताचो राईका अनुसार, ‘प्रदेश १ का १४ वटै जिल्लाका सबै स्थानीय तह, काठमाण्डौ उपत्यकाका तीन जिल्लाका साथै मकवानपुर र चितवनसम्म हस्ताक्षर संकलन गरिएको थियो ।’ संकलन गरिएको हस्ताक्षरका आधारमा रयाली सहित आफुना मागको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्