आज पत्रकार महासंघको ६३ औ स्थापना दिवस, विराटनगरमा सुचना लिन जान्नेलाइ पुरस्कृत गरिने

आज पत्रकार महासंघको ६३ औ स्थापना दिवस, विराटनगरमा सुचना लिन जान्नेलाइ पुरस्कृत गरिने

विराटनगर,१६ चैत ।
आज नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । स्थापना दिवसका अवसरमा सुचना अधिकारको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सुचनाको अधिकारको क्षेत्रमा काम गर्नै ब्क्तिहरुलाई पनि आजै सम्मान गर्ने कार्यक्रम रहेको छ । सूचना अधिकारको क्षेत्रमा योगदान दिँदै आएका दुई अभियनतालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
पुरस्कृत हुने काठमाडौँका तारानाथ दाहाललाई सूचनाको हकसम्बन्धि ऐन ल्याउन, आयोग बनाउन तथा प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गर्ने महासंघको यस अघि गरेको निर्णय अनुसार आज पुरस्कृत गर्न लागिएको हो ।  उहाले ठूला करदाताको करछली सम्बन्धि सूचना खुलाउन सरकारलाई बाध्य पार्नुभएको लगायतका अभियानको नेतृत्व गर्नुभएको थियो । दाहाल नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।
विराटनगरका राजुपनि
सुचनाको हकको क्षेत्रमा काम गर्दै आएका विराटनगरका राजु श्रेष्ठलाई पनि आजै नेपाल पत्रकार महासंघले पुरस्कृत तथा सम्मानित गर्दैछ । विराटनगर स्थायी घर भएका श्रेष्ठ मोरङलाई कर्मथलो बनाएर काम गर्दे आएको भएपनि सुचनाको हकको क्षेत्रमा १ नम्बर प्रदेशका सबै जिल्लाहरुमा उहाँले अभियान चलाउँदै आउनु भएको छ । विभिन्न कार्यालय तथा निकायमा दुई सयभन्दा बढी निवेदन दर्ता गरी सूचनाको हकको ऐन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले ७ लाखको अक्षयकोष वि सं. २०७३ सालमा स्थापना गरेको हो । कोष सूचनाको अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले दिवंगत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गर्नुभएको हो । कोषले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७३ बाट सूचना अधिकार क्षेत्रका अभियन्ता विनय कसजूलाई सम्मानित गरेको थियो ।
शाखाले यसै बर्षदेखि ११ हजार एक सय ११ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७४ को स्थापना गरेको हो । यो पुरस्कार १ नम्बर प्रदेशमा सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्तार तथा सञ्चारकर्मीलाई प्रदान गरिने नीतिअनुरुप पहिलो पटक विराटनगरका राजु श्रेष्ठलाई वितरण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्