१२ लाख ७१ हजार राशीको विराटगोल्ड कपको तयारी पुरा, फुटबलमा ब्यापारी राजनिति

१२ लाख ७१ हजार राशीको विराटगोल्ड कपको तयारी पुरा,  फुटबलमा ब्यापारी राजनिति

विराटनगर, १६ चैत ।
विराट गोल्डकपको तयारी पुरा भएको छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भत्रे नारा सहित डे–नाईट फुटबल प्रतियोगिता शनिवार देखि हुँदैछ ।
प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल वाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्रतियोगितामा सहभागी हुने छ । नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, रमपम झापा–११ र रिजालको मोरङ–११ गरी आठ वटा फुटबल टिमले भाग लिने विराटगोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।
वि.सं. २०१८ सालदेखि नै शुरु भएको प्रतियोगिता हालसम्म आउँदा ३२ औं परिवर्तित विराट गोल्डकप को नामले परिचित छ । प्रतियोगिताले दर्शकलाई मनोरञ्जन दिनुका साथै उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने, स्थानीय खेलाडीलाई विदेशी खेलाडीसँग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यावसायिक स्वरूप प्रदान गर्ने र विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य राखिएको आयोजकको भनाई छ । प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्ने र यस टुर्नामेन्टका सम्पूर्ण प्रायोजकका लागि छुट्टै लाउन्चको व्यवस्था गरिएको छ । यस लाउन्चमा आरामदायी सोफा, कुर्सी लगायत विशेष व्यवस्था मिलाउने प्रयास आयोजक समितिले गरिरहेको रिजालले बताउनुभयो ।प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कार सहित कप प्राप्त गर्ने छ । प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कार सहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल सहित पदक प्रदान गरिने रिजालले बताउनुभयो । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार राशिको पुरस्कार प्रदान गरिने जनाईएको छ ।

३६ हजार वाट क्षमताको फ्लडलाईट
दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिताको लागि विराटनगरको सहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिता चैत १७ शनिवार देखि २६ गते सम्म हुँदैछ । रिजालले रात्रिकालीन प्रतियोगिताका लागि आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश (फक्स) मिलाउने काम भइरहेको जानकारी दिनुभयो ।
छ वटा पोलमा लाइट जडान गरिएका छन् । प्रत्येक पोलमा २० वटा वत्ती छन् । ‘रातको समयमा खेल हुने भएका कारण रातिलाई पर्याप्त प्रकाश होस भनेर एउटा पोलमा कम्तीमा २० वटा वत्ती जडान गरिएको छ,’ रिजालले भन्नुभयो, मोफसलमा पहिलो पटक रात्रीकालिन प्रतियोगिता आयोजना गर्न लागिउकोले पनि केही चुनौती छ ।’ आयोजक समितिका उपाध्यक्ष सन्तोष वानियाले लाइट जडानका लागि कोलकाताबाट प्राविधिक टोली झिकाइएको बताउनुभयो । प्रतियोगिताका लागि मैदान घेराबारा लगायत व्यवस्थापनका अधिकांस काम सकिएको दावी गर्नुभयो । दिवा रात्रि (डे–नाइट) खेल बिशेषगरी विद्यार्थी, कर्मचारी, व्यवसायी महिला लगायत सबै खालका दर्शकलाई लक्षित आयोजना गरिएको आयोजकको दावी छ ।

पहिलो खेल मोरङ र भुटान
फुटवल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै पहिलो खेल आयोजक मोरङ ११ र भुटान बिच हुने जनाएको छ । खेल तालिका अहिले सम्म प्रकाशित गर्न नसकेको आयोजकले कटारी गोल्डकप र मदनभण्डारी गोल्डकपले असर पारेको जनाएको छ । तरपनि पहिलो खेल थिम्पु फुटवल क्लव भुटान र मोरङ ११ बिच हुने रिजालले जानकारी दिनुभयो । पहिलो खेलमा नै आयोजकको अन्तराष्ट्रिय टिमसँग हुने भएकोले निक्कै चुनातीपुर्ण देखिएको छ ।

फुटबलमा ब्यापारी राजनीति
यस अघि २०७२ सालमा भएको अघिल्लो बिराट गोल्डकप एउटा ब्यपारी समुहले आयोजना गरेको थियो । त्यो बेला अहिलेका अध्यक्ष रिजाल सहितका ब्यापारीको मुखसम्म देख्न पाईँदैन थियो । तर अहिले आयोजक भएर रिजालले नै नेतृत्व गरेका छन् । खेललाई प्रवद्र्धन गर्न भन्दा पनि ब्यापारीका केही स्वार्थको कारण विराटनगरको छुट्टै ईतिहाँस बनाएको विराट गोल्डकप बिभिन्न समयमा विवादमा पर्दै आएको छ । विराट गोल्डकप ट्रष्टको नाममा स्थापित रहेको भएपनि यसमा ट्रष्टको तर्फबाट नेतृत्व गर्ने ब्यक्तिहरुले नियमित प्रतियोगिता गर्न नसके पछि त्यसको जिम्मा ब्यापारीको हातमा पुग्यो । तर मोरङ ब्यापार संघले प्रवद्र्धन गर्ने भनिएपनि त्यहाँ आएका पदाधिकारहरु विच नै वेमेल देखिन्छ । एक ब्यापारीले भने, यस अघि २०७२ सालमा भएको फुटवल प्रतियोगिता २०७३ मा हुनै नदिनको लागि अहिलेका संयोजकहरु नै लागेका थिए । ब्यापार संघका पुर्व उपाध्यक्ष राजेन्द्र राउत गोल्डकपको संयोजक हुँदा रिजाल सहितको एउटा समुह प्रतियोगिताको लागि फर्किएर समेत आएको थिएन तर अहिले रिजाल संयोजक हुँदा एउटा समुह जो राजेन्द्र राउत सहित अहिले ब्यापार प्रवद्र्धन तथा ब्यापारीलाई अनलाईन बारेको कर तिर्ने तालिमहरु आयोजना गर्नमा ब्यस्त देखिएको छ । विराट गोल्डकपले ब्यापारीहरुमा एकता गर्ला भनेर आशा बनाएर बसेकाहरुलाई प्रतियोगिताले नै विभाजित गरेको स्पष्ट देख्न सकिन्छ । हरेक बर्ष एउटा समुहले गोल्डकपको संयोजन गरिरहँदा अर्को समुहका आधा ब्यापारी सहयोगमा देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्