कक्षा ८ को आजको परीक्षा स्थगित

<span class='c1'>कक्षा ८ को</span> <span class='c2'>आजको परीक्षा स्थगित</span>

ताप्लेजुङ, १६ चैत ।  ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ ।

आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बिहीबार स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा विषयको परीक्षा हुने कार्यतालिका थियो । निरौलाका अनुसार पेशा व्यवसाय तथा प्रविधि विषयको अर्को प्रश्न पत्र तयार गरी चैत २० गते बिहान ११ बजे परीक्षा सञ्चालन गर्ने तयारी भएको छ भने लिटल बुद्ध बोर्डिङ स्कूलमा स्वास्थ्य तथा शारीरिक शिक्षा नैतिक शिक्षा विषयको समेत नयाँ प्रश्न पत्र बनाई चैत १८ गते परीक्षा लिइनेछ ।

बाँकी विषयको परीक्षा भने कार्यतालिकाअनुसार नियमित हुने जनाइएको छ । जिल्लाका सबै विद्यालयमा एकै प्रकारको प्रश्नपत्र तयार गरी चैत ८ गतेदेखि सञ्चालन भइरहेको परीक्षा चैत १७ गते सम्पन्न हुने कार्यतालिका थियो । यता लिटल बुद्ध बोर्डिङ स्कूलले भने भुलबस आज हुने विषयको परीक्षा बिहीबार हुन गएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्