मोरङ, चैत्र १६ गते।
मोरङको विराटनगर महानगरपालिका-१२ बखरी बस्ने ३० बर्षिय लोक मणी कामतले विहीबार आफ्नै भाइ चन्दन कामतमाथि कुटपिट गरेका छन्।
बेलुका १० बजेतिर घरायसी बिबादका कारण उनले भाइलाई कुटपिट गर्नुका साथै शिसाले प्रहार गरेका हुन्।
घाइते चन्दनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने कुटपिट गर्ने लोक मणी फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी बखरीले जनाएको छ।