विराटनगरमा भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई घाइते

विराटनगरमा भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई घाइते

मोरङ, चैत्र १६।

विराटनगर महानगरपालिका-४ पिपलचौकमा विहीबार भ्यानको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन्।

उत्तरबाट दक्षिण तर्फ आउदै गरेको स १ च १०४५ नम्बरको भ्यानले बेलुका ८ बेजतिर बाटो क्रस गर्दै गरेको को ८ प ५४१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक विराटनगर महानगरपालिका-४ बस्ने ४० बर्षिय रोशन खड्गी र पछाडी सवार धरान उप-महानगरपालिका-५ बस्ने २४ बर्षिय रुपेश राई घाइते भएका छन्। घाइते दुवैको बिराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ भने भ्यानका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्