विराटनगरका पत्रकार भन्छन् ’पत्रकारीता बजार नियन्त्रित हुन खोज्यो ’

विराटनगरका पत्रकार भन्छन्  ’पत्रकारीता बजार नियन्त्रित हुन खोज्यो ’

सुमन/प्रेम
विराटनगर, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल पत्रकार महासंघ मोरङले दिवसको अवसरमा दुईजना सुचनाका अभियनताहरुलाई सम्मान र पुरस्कार बितरण सहित दिवस मनाएको हो । पत्रकारहरुको छाता संस्थाको स्थापना भएको सन्दर्भमा बोल्दै सहभागीले पत्रकारहरुको जिम्मेवारी नेपाली जनता प्रति केन्दीत हुनु पर्नेमा जोड दिएका छन् । पत्रकार तारानाथ दाहालले खोज मुलक पत्रकारीताको विकासको खाँचो रहेको औल्याउँदै प्रबिधिको विकाससँगै सबै परिवर्तन भएकोले पत्रकारीता चुनौतीपुर्ण रहेकोले अहिले देखि नै संवेदनशिल हुनु पर्ने बताउनु भयो । उहाँले सुचनाको अधिकारको बिषयमा अझै जनताले बुझ्न नसकेको बताउँदै सुचनाको अधिकार पत्रकार, वकिल, सामाजिक ब्यक्तिलाई भन्दापनि जनताको लागि आबस्यक रहेको उल्लेख गर्नुभयो ।
पत्रकार महेन्द्र विष्टले लोकतन्त्रको स्थापना सँगै प्रेस स्वतन्त्रताको बिषय अहिले बजार नियन्त्रित हुन खोजेको बताउनुभयो । प्रेसलाई बजारले नियन्त्रित गर्न खोजेकोले त्यसलाई सवल बनाउनको लागि मिडिया हाउसलाई सबल बनाउनु पर्नेमा जोड दिनुभयो । त्यसलाई सवल बनाउने दायित्व सरकारको समेत रहेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पत्रकारीता ब्यापार भन्दा पनि सेवा भएको बताएका छन् । अन्य अंग भन्दा पत्रकारीतालाई विशिष्ठ पेशाको रुपमा लिईनु पर्नेमा जोड दिईएको छ । सुचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले अब प्रदेश सरकारले सुचनाको हक कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ । मुख्यमन्त्री, मन्त्रीहरु तथा सम्बद्ध संसदहरुले अब प्रदेशमा सुचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सुचनाको हक पुरस्कार
षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७४ नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तथा सुचनाको हकको अभियनता तारानाथ दाहाललाई बितरण गरिएको छ । ५१ हजार राशीको पुरस्कार उहाँलाई प्रदान गरिएको हो । दाहाललाई सूचनाको हकसम्बन्धि ऐन ल्याउन, आयोग बनाउन तथा प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका सदस्य यज्ञ शर्माले जानकारी दिनुभयो । राष्ट्रिय र अन्तराष्ट्रिय फोरममा कुरा उठाउने एक मात्र ब्यक्तिको रुपमा उहाँले काम गर्दै आउनु भएको छ । नेपालका ठुला संचार माध्यामको रुपमा पहिचान बनाएका संचागृहमा समेत सम्पादकको भुमिका निर्वाह गर्नु भएको थियो ।
यस्तै षष्टिका बस्नेत सुचनाको अधिकार प्रोत्साहन पुरस्कार विराटनगरका राजु श्रेष्ठलाई प्रदान गरिएको छ । ११ हजार एक सय ११ रुपैयाँ राशीको पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो । एक नम्बर प्रदेशका विभिन्न कार्यालय तथा निकायमा दुई सयभन्दा बढी निवेदन दर्ता गरी सूचनाको हकको ऐन कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँको योगदानको मल्याङकन गर्दै पुरस्कार वितरण गरिएको पुरस्कारका संस्थापक केदार बस्नेतले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले ७ लाखको अक्षयकोष वि.सं. २०७३ सालमा स्थापना गरेको हो । कोष सूचनाको अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले दिवङगत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गर्नुभएको हो । कोषले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७३ बाट सूचना अधिकार क्षेत्रका अभियन्ता विनय कसजूलाई सम्मानित गरेको थियो । ११ हजार एक सय ११ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७४ भने यसै बर्षदेखि स्थापना गरिएको हो ।

ट्रष्टको झमकलाई सहयोग
धनकुटाका साहित्यकार झमक घिमिरेलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा राधिका ट्रष्टले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद उपलब्ध गराएको हो । साहित्यकार झमकको अनुपस्थितमा धनकुटा घर भएका बिराटनगरका पत्रकार लिलाबल्लाभ घिमिरेलाई सो रकम हस्तान्तरण गरिएको हो । लिला बल्लभले सो रकम झमकलाई पु¥याउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्