नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस, सबै मन्त्री आए मुख्यमन्त्री आएनन्

नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस, सबै मन्त्री आए मुख्यमन्त्री आएनन्

आवर विराटनगर डट नेट
विराटनगर, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बनाईएको थियो । दिउँसो ३ बजे निमन्त्रणा गरिएको कार्यक्रम मुख्यमन्त्री राईको पर्खाईमा झण्डै डेढ घण्टा बित्यो । अन्तिम समयमा पनि मुख्यमन्त्री नआईपुगे पछि कार्यक्रममको प्रमुख अतिथिको बिनै कार्यक्रम सकियो । मुख्यमन्त्री आउलान् र पुरस्कार बाँडौला भनेर पर्खि बसेका आयोजकले अन्तिम समयमा आएर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई विशिष्ट अतिथि बनायो । कार्यक्रमको विशिष्ट अतिथि सुचना आयोगका आयुक्त एशोदा तिमल्सिना र हिक्मत कार्की लगायतले पुरस्कार बितरण गरेका थिए । तर वितरण गरिएको प्रमाणपत्रमा भने प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री राईले नै हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका सबै मन्त्रीहरुको उपस्थिती रहेको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, पर्यटन उद्योग वन वातावरण मन्त्री जगदीश कुसियैत लगायतका मन्त्रीहरु पनि सहभागी थिए ।
किन आएनन् ?
मोरङको उर्लावारीमा आज एक कार्यक्रमको आयोजना गरिएको थियो । त्यो कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी आउने कार्यक्रम थियो । त्यो कार्यक्रममा सहभागि हुन जाने क्रममा कार्यक्रमबाट फर्किने कार्यक्रम अनुसार समय दिएर गएका मुख्यमन्त्रीले समय नदिएका हुन । अन्तिम समयसम्म पनि आईपुग्ने बताउँदै आएका मुख्यमन्त्री राई अन्तिम समयमा नआउने भएपछि महासंघले पुरस्कारवितरण अगाडी बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्