​प्रेमीसँग छुटाएर छोरीको हत्या, शव जलाएको आरोपमा बुवासहित दुई जना पक्राउ

<span class='c1'>​प्रेमीसँग छुटाएर छोरीको हत्या, शव जलाएको</span> <span class='c2'>आरोपमा बुवासहित दुई जना पक्राउ</span>

जनकपुर, १७ चैत । छोरीको हत्या गरेर शव जलाएको आरोपमा प्रहरीले बुवासहित दुई जनालाई पक्राउ गरेको छ ।  धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

घरायसी विवादको कारण काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षकी छोरी स्नेहाकुमारी यादवलाई जनकपुर ल्याई हत्या गरेर जलाएको प्रहरीको आशंका छ । स्थानीय बासिन्दाका अनुसार छोरी स्नेहा काठमाडौंमा एक युवकसँग प्रेममा परेको थाहा पाएपछि ‘प्रतिष्ठा बचाउन’ बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौंबाट बोलाई जनकपुर उपमहानगरपालिका–२ वकिलटोलमा रहेको कोठामा चरम यातना दिई हत्या गरेको हुन सक्ने बताएका छन् ।

घटना फागुन ९ गते साँझ नै भए पनि स्थानीय बासिन्दाको जानकारी अनुसार अनुसन्धान गर्दै जाँदा हत्या नै गरेको हो भन्ने तथ्य फेला पर्न थालेपछि फरार भएका बुबा दिलीपलाई गएको फागुन २६ गते पक्राउ गरिएको थियो ।

फागुन ९ छोरीको हत्या गरी हत्या लुकाउन बुबा दिलीपले एम्बुलेन्स बोलाएर छोरी विरामी भएकाले उपचारको लागि भारतको दरभंगा लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उत्तै अन्त्येष्टि गरेको प्रहरीमा बयान दिएका थिए । तर अनुसन्धान गर्दै जाँदा दीलीपको आफ्नै घर धनुषाको शहीद नगरपालिका –७ नेमुवाटोलमा रहेको नहर छेउमा स्नेहाको शव जलाएको अस्तु प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरीले हत्यामा एम्बुलेन्स चालकदेखि आफन्त र छिमेकी गरी ८ –९ जना संलग्न रहेको जनाएको छ । हत्या गरी शव जलाउन साथ दिएको आरोपमा प्रहरीले गएको साता दीलीपका छिमेक देवेन्द्र भन्ने राधेश्याम यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका राधेश्याम विदेह नगरपालिका –६ मा रहेको जनता उच्च मावि गद्धा बेलापट्टीका विद्यालय व्यवस्थान समितिका पूर्व अध्यक्ष हुन् भने बुबा दिलीप यादव  नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रमा दोस्रो तह सहायक पदका कर्मचारी हुन् ।

पक्राउ परेका दुवै जना माथि ज्यान वेपत्ता मुद्दा चलाएर कारवाही प्रक्रिया अघि बढाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन भित्रै घटनामा संलग्न सबैलाई पक्राउ गरी प्रमाणसहित घटना सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्