विराटनगरमा बैंकको दादागिरी, वाढी पिडितलाई राहत रकम पाउनै मुस्कील

<span class='c1'>विराटनगरमा बैंकको दादागिरी, वाढी पिडितलाई</span> <span class='c2'>राहत रकम पाउनै मुस्कील</span>

विराटनगर, १७ चैत ।
मोरङको जहदा गाउँपालिकाले वाढी पिडित राहत रकम टुरिजम डेभलेपमेन्ट बैंक बिराटनगरबाट वितरण गर्ने ब्यवस्था मिलाएको छ । सर्बसाधारणलाई सजिलोको लागि भन्दै बैंकबाट रकम वितरणको काम थालिएको हो । तर बैंकले मनोमानी लगाएको नियमका कारण सर्बसाधारणले एक साता धाउँदा पनि राहत रकम पाउन सकेका छैनन । हरेक दिन आउने, लाईन बस्ने र फर्किनु पर्ने उनीहरुको बाध्यता बनेको छ । गत साउनको अन्तिमको वाढीको पिडा नभुलेका सर्बसाधारणले राहत लिनकोलागि पनि उतिकै पिडा भोग्नु परेको छ । वाढी पिडितलाई सरकारले प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने भएपछि स्थानीय तहको आदेशमा गाउँका गरिबहरु रकम लिन बैंक धाउँदैछन् । मोरङको जहदा गाउँपालिकाकाका वाढी पिडितले पाउने राहतका लागि टुरिजम बैंकको विराटनगर स्थित देवकोटा चोक शाखाबाट सास्ती खेप्नु परेको छ । जहदा ५ का ७० बर्षिय जंगली महतोले सात दिन देखि राहत रकम लिन बैंक धाएपनि रकम नपाएको गुनासो गर्नुभयो । सँधै भोली आउनु भनेर बैंकले फर्काउने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘विहान ९ बजे आउँछु,वेलुका ५ बजे फर्कन्छु ।’
यसरी नै दिनभरी कुरेर उल्लेख्य सर्बसाधारण साँझ घर फर्किनु पर्ने बाध्यात्मक अबस्थामा रहेको छन् । जहदा ५ का महथी लुनियाँले राहत वापतको रकम लिन आएको निरन्तर ७ दिन भएपनि बैंकले सँधै भोली आउनु भनेर फर्काउने गरेको बताउनुभयो । दैनिक २ सय सिटी रिक्सामा भाडा तिरेर धाउने गरेको उहाँको गुनासो छ । तर बैंकले भने दैनिक ५० जनाका दरले राहत रकम वितरण गरिरहेको जनाएको छ । ५० जना भन्दा बढीलाई रकम दिनु बैंकिङ नीति विपरित भएकोले समस्या आएको हुनसक्ने बैंकका प्रबन्धक विनोद थापाले बताउनुभयो । उद्घोष दैनिकमा खबर छ ।
२५ हजारमा १५ हजारको चेक ।
सरकारले बाढीले पुर्ण क्षती पु¥याएका बाढी पिडितलाई २५ हजारर दिने निर्णय गरेको भएपनि जहदा गाउँपालिकाले १५ हजारको मात्र चेक उपलब्ध गराएको छ । जम्मा पाउनु पर्ने रकम २७ हजार भएपनि कृषिको रकममा अन्यौल भएपछि २५ हजार दिने निर्णय भए बमोजिम दिईने जनाईएको भएपनि १५ हजार माज्ञ दिईएको छ । अधिकांशवडाका जन प्रतिनिधिले शौचालय वनाएपछि मात्र थप रकम दिने बाढी पिडितको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्