पाँचथरमा गोरू काट्ने ६ जना पक्राउ

<span class='c1'>पाँचथरमा  गोरू काट्ने</span> <span class='c2'>६ जना पक्राउ</span>

विराटनगर,१७ चैत ।
पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–४ देउ कुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई राती १० बजे पक्राउ गरेको हो । रातीको समयमा गोरु काटेको भन्ने खबर पाएर गएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
यसरी पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ सालघारीका ३४ बर्षिय देउ कुमार तामाङ, ३३ बर्षिय सन्त बहादुर तामाङ, ५१ बर्षिय विर्खबहादुर तामाङ, २६ बर्षिय सुजन तामाङ,२८ बर्षिय राज कुमार राई र स्याङजा घर भई फिदिम–९ लुम्फाबुङ बस्ने ३७ बर्षिय सुशिल विश्वकर्मा रहेका छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कर्यालय पाँचथरमा राखिएको प्रदेश प्रहरी कर्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्