विराटनगरमा ट्यांकर चालकको डिजल चोर्न बिभिन्न हत्कण्डा, अपराध लुकाउन दुर्घटना

<span class='c1'>विराटनगरमा ट्यांकर चालकको डिजल चोर्न</span> <span class='c2'>बिभिन्न हत्कण्डा, अपराध लुकाउन दुर्घटना</span>

विराटनगर, १८ चैत ।
नेपाल आयल निगमको विराटनगर डिपोबाट २० हजार लिटर डिजेल लिएर साँझ छुटेको ट्यांकरले ईटहरीमा १२ हजार लिटर मात्र खन्याएर बाँकी ८ हजार लिटर भारतमा लगेर बिक्री ग¥यो । ना२ ख ४३५२ नम्बरको सो ट्यांकरका चालक थिए मुन्ना । विभिन्न ५ वटा पम्पका नाममा आयल निगमबाट चलान भएको डिजेल तीनवटा पम्पमा मात्र खन्याएर दुई पम्पको तेल भारतको बथनाहा पु¥याएर विक्रि गरेको हो । ना२ख ४३५२ नम्बरका ट्यांकरमा ईटहरीको गोविन्द आयल, सीडी जाल्पा, न्यु स्यार्सेकाली, मिलन आयल र चन्द्रमयन पम्पको डिजेल थियो। गोविन्द आयल, सीडी जाल्पा, न्यु स्यार्सेकालीमा मात्र तेल खन्याएर अन्य बाँकी दुई पम्पको तेल लिएर भान्टावारीको बाटो हुँदै चालक भारत पुगेका थिए । डिजेल नपाउने पम्प्वालाहरुले खोजविन गरेपछि घटना सार्बजनिक भएको हो । ट्यांकर भारतको बरौनीमा बेवारिसे अबस्थामा फेला परेको छ भने चालक फरार छन् ।
यसरी डिजल बिक्रि भएको यो घटना पुरानो भने हैन । यस्ता थुप्रै घटनाहरु भईसकेको छन्, जो वाहिर आएका छैनन् । ढुवानी व्यवसायी केदार रिजालको ट्यांकर चालक कृष्ण यादवले गत माघमा भारतमा डिजल बेचेर आई नेपालको पम्पमा डिजेल भर्न खोज्दा यो घटना पनि सार्बजनिक भएको थियो । दुई दिन पहिला तेल चोरी भएको ना२ख ४३५२ नम्बरको ट्याङकर पनि नेपाल आयल निगममा रिजालकै नाममा दर्ता भएको देखिन्छ । तर रिजालले प्रमोद ओझालाई बेचिसकेका छन् । उद्घोष दैनिकमा खबर छ ।
यही बीचमा दुई दिन पहिले भारतको रानीजञ्चमा लक्ष्मण सिंह भन्नेको ना४ख९४१० नम्बरको ट्याङकर दुर्घटनामा प¥यो । यो ट्याङकरपनि दुर्घटनामा परेको नभई दुर्घटना गराईएको श्रोतको दावी छ । यस अघि फागुन १० गते पनि ना४ ख ३९३७ नम्बरको ट्यांकर चालक महम्मद फिरोजले दुर्घटना गराएका थिए । डिजेल भारत मै बेचेपछि अपराध लुकाउन दुर्घटनाको नाटक गरिएको थियो । डिजेल नेपालमा भन्दा भारतमा २८ रुपैयाँ महँगोमा बिक्री हुने हुुँदा बिभिन्न नाटक गरि तेलको अबैध धन्दा हुने गरेको छ । यो धन्दालाई आयल निगमको कर्मचारीले पनि रोक्न चासो दिएका छैनन् । यसको कारण भनेको एक ट्यांकर तेल भारत मै बेच्न पायो भने ५ लाख ५० हजार फाईदा हुन्छ । त्यो रकम बाँडफाँड गर्दा पनि भागमा एउक लाख बढी पर्ने गरेको कतिपयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्