कटहरीमा दाईजो रोक्न युवाको अभियान

<span class='c1'>कटहरीमा दाईजो रोक्न</span> <span class='c2'>युवाको अभियान</span>

विराटनगर, १८ चैत ।
राजवंशी समुदायमा ब्याप्त दाइजो न्यूनिकरण गर्न युवा–युवतीले अग्रसरता लिनुपर्ने मोरङको कटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
विराट राजवंशी युवा समितिले मोरङको कटहरी सितपुरमा आयोजना गरेको दाइजो प्रथा न्यूनिकरण अभियान कार्यक्रममा बोल्ने वक्ताहरुले दाइजोका कारण समाज जर्जर हुंदै गएकाले युवायुवतीले अग्रसरता लिनुपर्ने बताएका थिए । आयोजक संस्थाका अत्यानन्त राजवंशीले दाइजोका कारण समाज अधोगतितर्फ गएको बताउनुभयो । उहांले दाईजो लिनु महापाप रहेको बताउदै युवायुवतीले बिशेष सक्रियता लिनुपर्ने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशी र कटहरी गांउपालिका वडा नम्बर ६ का सचिव टेकनाथ घिमिरेले दाईजो लिनेदिने प्रथाका कारण राजवंशी समुदायमा छोरी जन्मिदा दुख मनाउ गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो । छोरा र छोरीलाई समानरुपमा शिक्षाको अवसर उपलब्ध गराउनसके दाइजो प्रथा न्युनिकरण गर्न सकिने उहाँहरुको भनाई छ । दाईजो न्युनिकरण गर्न राजवंशी युवा समितिले राजवंशीहरुको बाहुल्य रहेको मोरङको विभिन्न क्षेत्रमा केहि महिनायता निरन्तर चेतनामुलक कार्यक्रम गर्दै आएको छ । दाइजो न्युनिकरण सम्बन्धि सचेतना दिन कार्यक्रममा स्थानीय भाषामा गित र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्