बाटैमा हराए हजार कर्मचारी, कार्यक्षेत्र नपुगी सम्पर्कविहीन

<span class='c1'>बाटैमा हराए हजार कर्मचारी,</span> <span class='c2'>कार्यक्षेत्र नपुगी सम्पर्कविहीन</span>

काठमाडौँ — प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरू सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन । स्थानीय विकास र सामान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन । मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो । तीमध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् । तथ्यांकअनुसार ८ सय ८१ कर्मचारी मात्रै प्रदेश सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।

स्वैच्छिक अवकाशमा आवेदन दिएका २१ कर्मचारी पनि प्रदेश गएका छैनन् । प्रदेश १ मा १ सय ७४ कर्मचारी खटाइएकामा ३७ जना हाजिर भएका छैनन् । प्रदेश २ मा १ सय ५७ मध्ये ६० जना गएका छैनन् । प्रदेश ३ मा पठाइएका १ सय ४८ जनामा २९ जना सम्पर्कविहीन छन् । प्रदेश ४ र ५ मा क्रमश: १ सय ७३ र १ सय ५५ कर्मचारी पठाइएको थियो । तीमध्ये क्रमश: २३ र ४० कर्मचारी हाजिर हुन गएका छैनन् । प्रदेश ६ मा एक सय ७६ कर्मचारी खटाइएकामा १ सय ४९ मात्रै हाजिर हुन पुगेका छन् । प्रदेश ७ मा पठाइएका १ सय ६० मध्ये ४६ कर्मचारी हाजिर कार्यक्षेत्र पुगेका छैनन् । यो तथ्यांक सामान्य मन्त्रालयका प्रशासनिक कर्मचारीको मात्र हो । मन्त्रालय स्रोतका अनुसार अन्य मन्त्रालयले सामान्य प्रशासनको सहमति लिएर खटाएका प्राविधिकतर्फका कर्मचारीसमेत प्रदेश सरकारको सम्पर्कमा पुगेका छैनन् । प्राविधिकतर्फका बढी कर्मचारी सम्पर्कमा नआएको प्रदेश सरकारका सचिवहरूको भनाइ छ, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्