धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु गर्ने

<span class='c1'>धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा प्रदेश नं. ३ ले</span> <span class='c2'>अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया शुरु गर्ने</span>

भक्तपुर (रासस) । प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरेका थिए ।
धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा ३ नं. प्रदेश सरकारले निर्माण गर्न लागेको क्रिकेट मैदानका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा निरीक्षण गरेको हो ।  जग्गाको निरीक्षणपछि क्रिकेट मैदानका लागि उक्त जग्गा उपयुक्त रहेको मुख्यमन्त्री पौडेलले बताए ।
उनले भने,–“अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि हामीले जग्गा हे¥यांै, जग्गा उपयुक्त लाग्यो अब आजसँगै आएको प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मैदान निर्माण कार्य शुरु गरिन्छ ।”
क्रिकेट मैदानका लागि आवश्यक जग्गा निरीक्षण पश्चात धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको पहिचानको रुपमा स्थापित हुँदै गएको क्रिकेटको गरिमा, गौरव र संरचनालाई विकास एवं विस्तार गर्न मैदान निर्माण गर्न लागेको बताए ।
उनले सरकार र जनताकै पहलमा मैदान निर्माण सम्पन्न हुने जानकारी दिए ।  चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मैदान निर्माणको प्रारम्भिक चरणको कार्य नगरपालिकाका गर्ने बताए ।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिलेको आवश्यकता भएको बताउँदै खेलाडी उत्पादनमा यसले ठूलै टेवा पु¥याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्