एसईई परीक्षा शान्तिपूर्ण रुपमा सकियो

<span class='c1'>एसईई परीक्षा शान्तिपूर्ण</span> <span class='c2'>रुपमा सकियो</span>

भक्तपुर (रासस) । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा सम्पन्न भएको छ ।

यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएको उनले जानकारी दिए । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा अनियमितता गर्ने दुईजना केन्द्राध्यक्षलाई निष्कासन गरिएको र चारजना निरीक्षकलाई कारबाही गरिएकोबाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नियन्त्रक रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्