श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

<span class='c1'>श्रीमतीको हत्या गरेको</span> <span class='c2'>आरोपमा श्रीमान् पक्राउ</span>

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाश तामाङलाई पक्राउ गरेको छ।

एक महिनादेखि नैकापस्थित दिदीको घरमा बस्दै आएकी नुवाकोट बेलकोट गढीकी २३ वर्षिया रमिता तामाङको अपरिचित व्यक्तिको छुराप्रहारबाट मृत्यु भएको थियो। हत्यारा खोजी गर्ने क्रममा प्रहरीले मृतकका श्रीमान् प्रकाशलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रकाशले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

मृतक रमिता र प्रकाशबीचमा ६ वर्ष पहिले विवाह भएकोमा पछिल्लो समय उनीहरुको सम्बन्धमा मनमुटाव भएको प्रहरीले जनाएको छ। दुवै जनाले एक अर्का प्रति शंका गर्ने र भेट हुनासाथ झगडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्