विराटनगर, १९ चैत ।
झापामा श्रीमान्को कुटाईबाट श्रीमतीको ज्यान गएको छ। गौरीगन्ज गाउँपालिका–३ दन्तकालीका २८ बर्षिया निमथोकी शेर्पाको आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको हो। निमथोकीलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले बेलुका ७ बजेतिर घरायसी बादबिबाद हुँदा काठको मुडाले टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए। घाइते शेर्पालाई उपचारकोलागि लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा गएराती ज्यान गएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने श्रीमानलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।