पथरी सनिश्चरेमा दाईले भाईलाई खुकुरी प्रहार गरे, खुकुरी प्रहारबाट दुई घाइते

<span class='c1'>पथरी सनिश्चरेमा दाईले भाईलाई खुकुरी प्रहार</span> <span class='c2'>गरे, खुकुरी प्रहारबाट दुई घाइते</span>

मोरङको पथरीशनिश्चरे नगरपालिका-१ र २ मा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन्।  पथरीशनिश्चरे नगरपालिका-१ मा १९ बर्षिय अशोक बराईलीले मादक पदार्थ सेवन गरी आफ्नै १४ बर्षिय भाइ नबिन बराईलीलाई खुकुरी प्रहार गरेका हुन्।  बेलुका ८ सामान्य विवाद पश्चात खुकुरी प्रहारबाट हातमा चोट लागेका नबिनको पथरी अस्पताल पथरीमा उपचार भरहेको छ  भने खुकुरी प्रहार गर्ने दाजु इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन्। यस्तै पथरीशनिश्चरे नगरपालिका-२ बाँसघारी टोल बस्ने १९ बर्षिय हाङसुहाङ लिम्बु समेत खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई उर्लाबारी नगरपालिका-३ बस्ने २२ बर्षिय प्रहलाद लिम्बुले बेलुका ९ बजे  सामान्य बिबाद हुँदा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका लिम्बुको मंगलबारे अस्पताल मंगलबारेमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने  प्रहलाद इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्