एक नम्बर प्रदेश सभा बैठक आज बस्दै, आर्थिक विधेयक पास हुने

एक नम्बर प्रदेश सभा बैठक आज बस्दै, आर्थिक विधेयक पास हुने

विराटनगर, १९ चैत ।
एक नम्बर प्रदेश सभा बैठक आज बस्दैछ । १४ गतेको संसदमा पेश भएको आर्थिक विधेयक आज पास हुँदै छ । संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नैनपरेपछि प्रदेश सरकारको आर्थिक कार्यबिधी नियमित तथा ब्यवस्थित गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पास हुने निश्चित भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले गत चैत १४ गते सरकारको तर्फबाट संस बैठकमा उक्त बिधेयक पेश गर्नु भएको थियो । प्रदेश सभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले विधेयक संशोधनको लागि कुनै पनि संशोधन प्रस्ताव नपरेको जानकारी दिनुभयो । आज दिउँसोको बैठकले बिधेयक पास गरेसँग शुन्य समयमा संसदहरुले जनताको सरोकारको बिषयमा धारणा राख्नेछन् । संसद बैठक दिउँसो १ बजेलाई बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्