वर्ड विन्ङस् २ को लागि बिराटनगरमा कलेज-कलेजमा अभियान सुरु

वर्ड विन्ङस् २ को लागि बिराटनगरमा कलेज-कलेजमा अभियान सुरु

बिराटनगर चैत्र १९ , ओबि मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त प्रयासमा बिराटनगरमा संचालित " ओपन स्टेज" को पहिलो सिजनको सफलता पछी सिजन २ को लागि आवेदन फारम खोलिएको छ । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच,ड्रमा लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको छ । कार्यक्रमको छोटो समयमा नै उक्त कार्यक्रमको मेगा जजुको “मर्दको भी दर्द होता हे ” भिडियो युटुब र फेसबुकमा भाइरल भएको थियो।

उक्त आयोजक टिमले बिराटनगरको कलेजहरुमा उक्त कार्यक्रमको बारे जानकारी दिन कलेज अभिमुखीकरण सुरु गरिएको छ । जस अनुसार आज बिराटनगरको एम्स कलेजका विद्यार्थीलाइ वर्ड विन्ङस् बारे जानकारी दिइएको थियो । यस्तै अन्य बिराटनगरका कलेजमा पनि उक्त कार्यक्रम गरिने आयोजक सन्दिप राउतले बताए । 

युवाहरुको प्रयासमा सुरु गरिएको यस कार्यक्रमको युटुब च्यानलमा साढे ८ हजार बढी सब्स्क्राइबर भइसकेको छ ।

वर्ड विन्ङस् सिजन २ मा सहभागिताको लागि फारम : https://goo.gl/BQUb8U

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्