पोखरा महानगरपालिका कार्यालयमा फेसबुक प्रतिबन्ध

<span class='c1'>पोखरा महानगरपालिका कार्यालयमा</span> <span class='c2'>फेसबुक प्रतिबन्ध</span>

पोखरा, रासस । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ

मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीले बताए ।  इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्