आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइदै

आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइदै

काठमाडौं – ६१ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरिएको छ ।

विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ ।

तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।

सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भनदै सरकारले सहकारी ऐन ल्याउन लागेको छ । ऐन अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्