काठमाडौंमा चैतसम्म ८९ वटा बलात्कारको घटना

<span class='c1'>काठमाडौंमा चैतसम्म ८९</span> <span class='c2'>वटा बलात्कारको घटना</span>

प्रहरी परिसर काठमाडौंको पछिल्लो तथ्यांक काठमाडौंमा आर्थिक वर्ष २०७४/०७५ को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालिबालिकाविरुद्ध हुने अपराधमा उल्लेख्य बृद्धि भएको जनाएको हो । परिसरका अनुसार यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ९२, ०७२/७३ मा ९९ र ०७३/०७४ मा जबरजस्ती करणीका ११२ घटना भएका थिए । घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमका साथ अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने जनाएको परिसरका अनुसार इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, सांस्कृति विचलनजस्ता कारणले जबरजस्तीकरणीका घटना बढिरहेको हो ।

परिसरले महिला तथा बालिकामाथि हुने अपराध नियन्त्रणका लागि ३ महिने अल्पकालिन योजनाअनुसार जनचेतनामूलक अभियान र अपराध अनुसन्धान तथा पीडितको सुरक्षाका लागि प्रहरीलाई अनुशिक्षण दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्