इलाम नगरपालिकामा दक्ष चिकित्सक अभावमा सामुदायिक अस्पतालको सबै सेवा बन्द

<span class='c1'>इलाम नगरपालिकामा दक्ष चिकित्सक अभावमा</span> <span class='c2'>सामुदायिक अस्पतालको सबै सेवा बन्द</span>

इलाम, चैत २० । इलाम नगरपालिस्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा बन्द भएको छ ।

दक्ष चिकित्सकको अभाव र आर्थिक संकटका कारण अस्पतालले सेवा बन्द गरेको हो । करिब १२ वर्षअघि स्थापना गरिएको यो अस्पतालले शुरुआती दिनमा राम्रो सेवा दिँदै आएको थियो । तर स्थापनाको पाँच वर्षपछि अस्पतालको अवस्था खस्कँदै गएको थियो ।

हिमालयन हेल्थ केयर काठमाडौंद्वारा सञ्चालित अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छाडेपछि सेवा नै बन्द भएको हो ।

२०६१ सालमा डा. मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको यो अस्पतालले तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको सामुदायिक अस्पतालको रुपमा स्वीकृति पाएको थियो ।

अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २५ जना कर्मचारी कार्यरत थिए । अस्पतालले सेवा बन्द गरेपछि अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिनहरु बेकामे अवस्थामा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्