उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार विराटनगरका नविन कर्णलाइ

<span class='c1'>उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार</span> <span class='c2'>विराटनगरका नविन कर्णलाइ</span>

विराटनगर, २० चैत ।
यस वर्षको उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार मकालु टेलिभिजनका पत्रकार नविनचन्द्र कर्णलाइ प्रदान गरिएको छ । सहकारी पत्रकारीतामा कलम चलाउने उत्कृष्ट पत्रकारहरुलाइ डिभिजन सहकारी कार्यालय मोरङले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । यसपटकको पुरस्कार मकालु टेलिभिजनका पत्रकार कर्णलाइ प्रदान गरिएको हो । ६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित समारोहमा कर्णलाइ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले पाँच हजार नगद राशी र सम्मान पत्र सहित पुरस्कृत गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घिमिरे सहकारीका माध्यमबाट आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नागरिकले अनिवार्य रुपमा सहकारीमा आबद्ध हुने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।
सहकारी अभियानले ग्रामिण भेगका जनतासम्मको आर्थिक विकासमा सहयोग पु¥याउनुका साथै सामाजिक सद्भाव समेत कायम राख्न महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । सहकारी महासंघका संचालक रमेश पोखरेलले रेमीट्यान्सको भरमा चलिरहेको मुलुकको दिगो विकासका लागि सहकारीले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउँदै सहकारीमा युवा सहभागितामा बृद्धि गर्न जरुरी रहेको औंल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्