तस्करीको लाईन खुलाई दिन २५ हजार दिने एक भारतीय पक्राउ

<span class='c1'>तस्करीको लाईन खुलाई दिन २५</span> <span class='c2'>हजार दिने एक भारतीय पक्राउ</span>

सुनसरी, १९ चैत ।
सुनसरी प्रहरीले तस्करीको लाईन खुलाईदिन भन्दै प्रहरीलाई पैसा दिन आएका एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला बसमतीया पंचायत–४ घर भएका विधानन्द साह रहेका छन्। साहले जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियालाई भारतबाट भन्सार छलेर ल्याएको कपडा नेपाल भित्र्याउन तस्करीको लाईन खुलाई दिनु पर्यो भन्दै २५ हजार दिएको खुलासा भएको छ । २५ हजार लिएर बस पार्कमा तपाईसँग भेट्न आएको छु भनी फोन गरेपछी सुनसरी प्रहरीले उनलाई इनरुवा बस पार्कबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट नगद २५ हजार तथा १ थान मोबाइलसमेत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्