संघिय सरकारको पाँच नमुना कानुन सबै प्रदेशमा

<span class='c1'>संघिय सरकारको पाँच नमुना</span> <span class='c2'>कानुन सबै प्रदेशमा</span>

काठमाडौँ, २० चैत ।
सरकारले पाँच वटा नमूना कानुन सबै प्रदेशहरुमा पठाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ५ वटा नमूना कानुन ७ वटै प्रदेश सरकारलाई पठाइएको जानकारी गराएको हो । अव एक हप्ता भित्र बाँकी २२ वटा नमूना कानुनको मस्यौदा पनि प्रदेश सरकारलाई पठाइने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिनु भयो । उहाँले सरकारले पठाएको नमूना कानुनमा आधारित रहेर प्रदेश सरकारले आवश्यक कानुन बनाउने पनि स्पष्ट पार्नु भयो । सरकारले संघीय संसदले बनाउने कानुनको मस्यौदा निर्माणको काम पनि सुरु गरेको छ ।
संघीय संसदले १ सय १० वटा कानुन निर्माण गर्नुपर्नेछ । त्यसैगरी सरकारले कानुनी सहायतासम्बन्धि बजेट कानुन मन्त्रालयमार्फत् मात्रै खर्च गर्न पाउने व्यवस्था पनि गर्ने भएको छ । गत वर्ष करिव ४ अर्व २० करोड कानुनी सहायताको नाममा आएको रकमको कुनै प्रभाव नदेखिएको निष्कर्ष निकाल्दै त्यसको दुरुपयोग हुन नदिने मन्त्रालयको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्