कागज कारखानामा भीषण आगलागी

<span class='c1'>कागज कारखानामा</span> <span class='c2'>भीषण आगलागी</span>

चितवन, २१ चैत  । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।  भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

सो घटनामा मानवीय क्षति भने भएन । कारखाना र त्यहाँ रहेका कागज र कच्चापदार्थ ठूलो मात्रामा क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे प्रहरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्