डीपीएल : विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्दै

<span class='c1'>डीपीएल : विराटनगर र रुपन्देही</span> <span class='c2'>तथा अत्तरिया र काठमाडौं भिड्दै</span>

कैलाली २१ चैत। धनगढी प्रिमियर लिगमा बुधबार दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् ।

डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर्किने लक्ष्यमा छ । पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा दोस्रो खेल हो । यता रुपन्देहीको यो लिगमा तेस्रो खेल हुनेछ । यसअघि दुई खेल खेलेको रुपन्देही दुवैमा पराजित भएको छ ।

यो खेलमा पनि रुपन्देही पराजित भएमा उसलाई प्लेअफमा पुग्ने सम्भावना न्यून हुनेछ । रुपन्देही पहिलो खेलमा अत्तरीयासँग ९ विकेटले पराजित भएको थियो भने अर्को खेलमा काठमाडौं गोल्डेन्ससँग ६३ रनले हार्नपुग्यो ।

अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको काठमाडौंले अत्तरियासँग खेल्नेछ । चौराहासँग ८ विकेटले हारेको अत्तरिया यो खेलमा काठमाडौंको विजयी यात्रालाई पूर्ण विराम दिने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्