आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबा पक्राउ

<span class='c1'>आफ्नै नातिनीलाई पटक पटक</span> <span class='c2'>करणी गर्ने हजुरबुबा पक्राउ</span>

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्