मुखमा लुकाएको ब्राउनसुगर सहित युवती पक्राउ

<span class='c1'>मुखमा लुकाएको ब्राउनसुगर</span> <span class='c2'>सहित युवती पक्राउ</span>

झापाको मेचीनगर नगरपालिका-६ हिकोला मोडबाट प्रहरीले  मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा शिवशताक्षी नगरपालिका-११ बस्ने  २७ बर्षिय एक युवतीलाई १ ग्राम २०० मिली ग्राम  ब्राउन सुगर मुखमा च्यापेर ल्याउदै गरेको अवस्थामा  पक्राउ गरेको हो। पक्राउ परेकी उनलाई  आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय कांकडभिट्टामा राखिएको उक्त कार्यालयले जनाएको छ।पक्राउ परेकी युवतीको बारेमा कुनै जानकारी दिईउको छैन।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट प्रहरीले  लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स ६ प २०७६ नम्बरको मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-६ बस्ने २० बर्षिय अनिस खड्का, २१ बर्षिय सन्जीव खड्का र २३ बर्षिय प्रकाश खड्का रहेका छन्। प्रहरीले उनीहरुको साथबाट डाईजेल्याब-३०० एम्पुल, फेनरागन-२९९ एम्पुल, नुफिन-२९८ एम्पुल र नाईट्रोभेट गोटी ३०० पिस बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्