खोटाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयो, ११ जना घाईते

<span class='c1'>खोटाङमा चट्याङ लागेर दुई जनाको</span> <span class='c2'>ज्यान गयो, ११ जना घाईते</span>

विराटनगर,२२ चैत ।
१ नम्बर प्रदेश अन्तर्गत खोटाङ, उदयपुर,भोजपुर र मोरङमा बुधबार चट्याङ लागेर २ जनाको ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन्। खोटाङको रुपाकोट मझुवागडी नगरपालिका–२ बस्ने ६२ बर्षिय सम्मरबहादुर दाहालको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर वेहोस भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल खोटाङ लगिएकोमा उपचारको क्रममा ज्याज गएको हो । यस्तै खोटाङकै साकेला गाउँपालिका–२ बस्ने ५५ बर्षिया बाल कुमारी खत्रीको पनि चट्याङ लागेर मृत्यु भएको छ । घरमा बसिरहेको अबस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्हरी कार्यालय खोटाङले जनाएको छ । त्यस्तै उनका श्रीमान ६५ बर्षिय प्रेम बहादुर खत्री घाइते भएका छन् । स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरेहको छ । यता उदयपुरको कटारी नगरपालिका–१३ मोहनटारमा गएराती परेको चट्याङ लागेर ७० बर्षिया जलसरी राई, २५ बर्षिया सीता राई, १६ बर्षिया सबिना राई, ४० बर्षिय खेत बहादुर सुनुवार, १६ बर्षिय तारा कार्की र ४६ बर्षिया हिरामाया जोगी घाइते भएका छन्। घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ। यस्तै भोजपुरको पौवादुम्मा गाउँपालिका–४ बस्ने ४० बर्षिया तारा घिमिरे चट्याङ लागेर गम्भिर घाइते भएकी छिन्। उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। यसैगरी मोरङको लेटाङ नगरपालिका–७ बस्ने ३८ बर्षिया लालमाया लिम्बु, ६५ बर्षिया दिलमाया लिम्बु र ४५ बर्षिय नर बहादुर लिम्बु चट्याङ लागेर घाइते भएका छन्। उनीहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्