सुनसरीको भोक्राहामा जीप दुर्घटना एकजनाको मृत्यु ,५ जना घाईते

<span class='c1'>सुनसरीको भोक्राहामा जीप दुर्घटना एकजनाको</span> <span class='c2'>मृत्यु ,५ जना घाईते</span>

विराटनगर, २२ चैत ।
सुनसरीको भोक्राहा नर्सिङ ४ चिरौली चौकमा आज बिहान भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ । अन्य ५ जना घाईतें भएका छन् । बा १७ च १०९७ जीप साईकल यात्रीलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ज्यान जाने महिलाका चार बर्षिय बच्चा र अर्की एक बालिकको पनि अबस्था गम्भीर छ । अन्य घाईतेहरुमा धनुषाका बुद्धलाल बिक, तनहु डुम्रे १का अशोक अधिकारी र सप्तरी रायपुरका बवन कुमार यादव रहेका छन् । उनीहरुको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्